site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट भएकी छन् । चीनमा भएको एसियाली ओलम्पिकको छनोट खेलमा पलेसाले के ४४ क्याटगोरीअन्तर्गत ५७ किलो तौल समूहमा इरानकी खेलाडीलाई हराएर स्वर्ण जितेकी थिइन् । जितसँगै पलेसा फ्रान्सको राजधानी पेरिसमा यसै वर्ष आयोजना हुने पारा ओलम्पिकमा छनोट भएकी हुन् ।

ओलम्पिकमा छनोट हुन पलेसाले एसियाली छनोटको फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाईलाई पराजित गरेकी हुन् । यसअघि पलेसाले सन् २०२२ मा चीनमा भएको पारा एसियन खेलकुदमा कास्य पदक जितेकी थिइन् भने बहराइनमा २०२१ आयोजना भएको एसियन पारा युथ खेलकुदमा स्वर्ण पदक र चौथो एसियन पारा तेक्वान्दो च्याम्पियनसिप २०१८ मा कास्य पदक जितेकी थिइन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro