
काठामाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डका विंगर जेमी गिटेन्स इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुने भएका छन् । बिहीबार जर्मन क्लबले विंगर गिटेन्सका निम्ति इंग्लिस क्लबसँग सहमति भएको जनाएको हो ।
चेल्सीले विंगर गिटेन्सलाई सात वर्षका लागि भित्र्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
तर, चेल्सी र डटर्मन्ड दुवै क्लबले सम्झौता रकमबारे भने खुलाएका छैनन् । स्पेनका स्थानीय सञ्चारमाध्यमले उनलाई ५५ मिलियन पाउन्डमा भित्र्याउने रिपोर्ट सार्वजानिक गरेका छन् ।
गिटेन्स सन् २०२० मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्डमा आएका थिए । गिटेन्सले यसको दुई वर्षपछि सन् २०२२ मा क्लबको सिनियर टिमबाट डेब्यु गरेका थिए । डर्टमन्डबाट उनले १०७ खेल खेल्दा १७ गोल गरेका छन् ।