site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराम समूहले भन्यो– माओवादीसँग गरेको एकता पार्टीको नीतिविपरीत, मान्यता दिँदैनौँ 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को डा.बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीतिविपरीत भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ । 

पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकारिणी बैठकले पार्टीको नीतिविपरीत स्वार्थका आधारमा केही नेताहरूले माओवादीसँग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो । नेसपालाई संगठनात्मक रूपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए । 

अनुशासनलाई तोडेर सत्ता समीकरणको खेलमा अमुक स्वार्थ पूरा गर्ने ध्येयका साथ पार्टीका केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ ।  शर्माले कार्यकारिणी समिति बैठकमा आफूहरूसँग बहुमत रहेको दावी गरे । 

उनले देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro