site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस रास्वपाको नेतृत्वमाथि ‘प्रहार’ गरेर सरकार ढाल्ने चलखेलमा छ : बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमाथि ‘प्रहार’ गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसले गृहमन्त्रीमाथि ‘आक्रमण’ गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंकगणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाए । “...राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्वकर्तालाई, गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंकगणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ, रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिनाभित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ,” उनले भने ।

उनले अनुसन्धानले दोषी ठहर्‍याएको खण्डमा दोषी कोहीलाई पनि उम्कन दिनु नहुने बताए । सुन तस्करी प्रकरणका सन्दर्भमा सरकारले बनाएको  आयोगले दिएको प्रतिवेदन सम्पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

“अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ (रवि लामिछाने) दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन,” उनले भने, “यो सरकारलाई उहाँ (कांग्रेस)हरूले २८ दिनको म्याद दिनुभएको छ ।”

उनले आयोगको प्रतिवेदन सांसदहरूलाई बुझाउन पनि सरकारसँग आग्रह गरे । “सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्टबमोजिम जो जो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ,” उनले भने, “प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसद्मार्फत ध्यानाकर्षण गराएका छौँ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro