site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१२ वर्षमा ६ वटा सरकार फेरिँदा खानेपानीको मुहान फर्किएन : गोकुल बास्कोटा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले ६ वटा सरकार फेरिँदा काभ्रेमा एउटा खानेपानीको मुहान फर्कन नसकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बास्कोटाले एक लाख ३० हजार जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने काभ्रे उपत्यका खानेपानी आयोजना १० वर्षदेखि अलपत्र परेको बताए । 

“१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए । काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको एउटा मूल सरकारले फर्काउन सकेन,” बास्कोटाले भने, “सन् २०१४ मा एडीभी र नेपाल सरकारको संयुक्त आयोजनामा ६८ करोडमा सुरु भएको अहिले ११२ अर्बमा पुग्यो तर काम भएन । ठेकेदारले काम गरेको छैन ।” 

उनले चिनियाँ ठेकेदार कम्पनी पैसा भुक्तानी पाउन मुद्दा लडिरहेको बताए । “निम्बोनिन्चेन भन्ने एउटा चाइनिज कम्पनी ठेकेदार अहिले १० करोडका लागि मुद्दा लडेर बसेको छ । जबकी विष्णु पौडेल अर्थमन्त्री हुँदा २१ करोड दिनुभएको थियो र चार करोडको काम गर्ने ठेकेदार बेपत्ता छ,” बास्कोटाले भने, “एक लाख ३० हजार जनताले पानी पिउनुपर्छ तर सरकारले घरमा धारो देख्न पाएन । त्यसकारण म खानेपानी मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement