काठमाडौं । नेकपा (एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकताले गतिलो बजेट निर्माण गर्न मार्गनिर्देशन गर्न नसक्ने टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकमाथिको छलफलका क्रममा पौडेलले सरकारले संसद्मा प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले देशको अर्थतन्त्रका समास्या चिन्न नसकेको बताए ।
“यसले हाम्रो देशको अर्थतन्त्र कहाँनिर आइपुगेको छ ? के कस्ता चुनौतीहरू छन् । अर्थतन्त्रले खोजेको समाधान के हो ? यस प्रश्नमा यो सिद्धान्त र प्राथमिकता पुग्न सकेको छैन,” उनले भने, “यसले कुनै गतिलो बजेट निर्माण गर्नेका लागि मार्गनिर्देशन गर्न सक्दैन ।”