site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ठूला–ठूला गल्ती उहिलेको कुरा हो, अहिले प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ : ओली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको पछिल्लो कदम सकारात्मक भएको बताएका छन् । मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तन गरेर राम्रो काम गरेको बताए । 

“पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । ठूला–ठूला गल्ती उहिलेको कुरा हो,” उनले भने, “अहिले प्रधानमन्त्रीले राम्रो काम गर्नुभएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रधानमन्त्रीले देश अफ्ठ्यारोमा पर्‍यो भन्ने आत्मसाथ गरेर सकारात्मक कदम चालेको बताए । ओलीले देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिए । “दिल खोलेर । मनको कुनामा कुनै हिचकिचाहट नराखेर विश्वासको मत दिन्छौँ,” उनले भने, “विश्वास छ भन्ने पक्षमा मतदान गछौँ । यो पार्टीको तर्फबाट आदेश, निर्देश हो ।” 

ओलीले अहिले अरु कुनै विकल्प नभएको बताए । कि त प्रचण्ड नेतृत्वको समीकरणले जित्ने वा नेपाली कांग्रेसको अल्पमतको सरकार बन्ने अवस्था रहेने बताए । त्यसैले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement