site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई कार्यान्वयनमा जान रोकेको भन्ने आरोप कपोलकल्पित : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको परियोजना वेल्ड एन्ड रोड इनिसियटीभ (बीआरआई) कार्यान्वयनमा जान आफूले रोकेको भन्ने आरोप पनि कपोलकल्पित भएको बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा निर्णय नगरी आउने अनि आफूलाई दोष दिन मिल्छ भन्दै प्रश्न गरे । “म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिए कि भनेजस्तो भयो । उहाँ जानुहुन्छ चीन भ्रमणमा म गएको पनि छैन । उहाँले निर्णय नगर्ने अनि त्यसको दोष अर्थमन्त्रीलाई दिने ?,” उनले भने । 

महतले आफू परराष्ट्रमन्त्री हुँदा बीआरआई सम्झौता भएको स्मरण गरे । “हामीले ऋण लिनका लागि प्राथमिकता क्षेत्रको निर्धारण गर्नुपर्छ भन्यौँ । दोस्रो कुरा वल्र्ड बैंक एडीबीले जुन ऋण दिन्छ सस्तो व्याजदरमा एक प्रतिशत तल त्यस्तै किसिमको ऋण लिनुपर्छ भन्यौँ,” उनले थपे, “कम सर्त राखिएको , सहुलियतपूर्ण ऋण वा अनुदान भएमात्र सहयोग स्वीकार गर्नुपर्छ भनेका हौँ ।” 

उनले यो विषय चीनको पक्षमा मात्र लागु नहुने भन्दै भारत कोरिया जुनसुकै देशले पनि ऋण सहयोग दिन खोजेको र सबैका लागि यही नीति अवलम्वन गरिएको जानकारी दिए । “सबैका लागि एकै नीति छ । चीनका लागि छुट्टै, भारतका लागि अर्कै, युरोप अमेरिकाका लागि फरक फरक नीति छैन । यो सबै कपोलकल्पित विषय हो,” उनले पत्रकार सम्मेलनमा भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro