site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । 

“दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । 

भेटमा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । 

यही फागुन २४ गते परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोनमा कुराकानी भएको थियो । टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro