site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वामदेवले गरे दाहालका पक्षमा मतदान

काठमाडौं । राष्ट्रियसभाका मनोनीत सांसद वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नारायण दाहालका पक्षमा मतदान गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको अध्यक्षको निर्वाचनमा उनले सत्ता गठबन्धनका साझा उमेदवार दाहालका पक्षमा मतदान गरेका हुन् ।

तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुलेका हुन् ।

Argakhachi Cement Island Ad

नेकपा (माओवादी केन्द्र)का दाहाल पनि राष्ट्रपतिबाट मनोनीत भएका थिए । उनी नेपाली कांग्रेसका उमेदवार युवराज गौतमलाई पराजित गर्दै राष्ट्रियसभा अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा हुनासाथ गौतमले उठेर बधाई दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्