site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहालको यस्तो छ राजनीतिक पृष्ठभूमि 

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।

को हुन् दाहाल ?
नेकपा (माओवादी केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका शर्मा मनोनीत राष्ट्रियसभा सदस्य हुन् । उनले ०७८ चैत २९ गते राष्ट्रियसभा सदस्यका रूपमा शपथग्रहण गरेका हुन् ।

Dabur Nepal
NIC Asia

संघीय संसद् सदस्य विवरण, २०८० मा दाहालले उपलब्ध गराएको विवरणानुसार, उनी वि.सं. २०१२ फागुन १२ गते जन्मिएका हुन् । चितवनको भरतपुर महानगरपालिका–१४, भीमसेननगर स्थायी बसोबास भएका उनी ०३२ सालदेखि राजनीतिक दलमा आबद्ध भएको उल्लेख छ । औद्योगिक संकायमा स्नातक गरेका दाहाल ०२७ सालदेखि राजनीतिमा सक्रिय भएको सो विवरणमा लेखिएको छ ।

दाहाल ०३६ सालदेखि पूर्णकालीन राजनीतिमा लागेका थिए । ०५७ सालदेखि हालसम्म पार्टी केन्द्रीय सदस्य भएर दाहालले काम गरिरहेका छन् । उनी ०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । ०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । उनले चार वर्ष लेखा समिति सदस्य भएर काम गरे । दाहालले प्रधानमन्त्री प्रचण्डको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

तर‚ प्रचण्डको भाइ भएकाले उनले राजनीतिक लाभ पाइरहेको आरोप लगाइने गरिन्छ । दाहाल भने प्रचण्डको भाइ भनेको सुन्दा ‘कान पाकिसकेको’ भन्दै आक्रोशित हुन्छन् । प्रचण्डको भाइ भनेर पार्टीको प्रदेश सहइन्चार्जको जिम्मेवारी समेत नदिइएको उनले स्मरण गरे । पार्टीमा आफूले गरेको योगदान छायामा परेको उनी बताउँछन् ।

०३६ सालदेखि पार्टीमा लागेको र युद्ध लडेको भन्दै उनले आफ्नाबारेमा जानकारी नहुनेले प्रचण्डका भाइ भएका कारण जिम्मेवारी पाएको भन्न नमिल्ने बताए । दाजुभाइ नै युद्धमा जान मिल्दैन भनेर त्यति बेला कसैले नरोकेको र अहिले जिम्मेवारी लिन खोज्दा प्रश्न उठाइएको उनको भनाइ छ ।

“दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro