site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, क–कसले दिए मत ?
नारायण दाहाल (बीचमा) ।

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।

Dabur Nepal
NIC Asia

दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित‚ नेकपा (एमाले)‚ नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे ।

पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरे । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसे, कतै मतदान गरेनन् ।

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहाल नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचित दाहाल र गौतम मनोनीत सदस्य हुन् । एक सदस्य मनोनीत गर्न बाँकी छ । ५९ संसदीय राष्ट्रियसभामा अहिले ५८ सांसद छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro