site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसको दाबी, एमालेले पाउने विषय हटाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपाध्यक्ष पाउने सहमति हटेको छ । फागुन २१ गते चार दलबीचको सहमतिको दुई नम्बर बुँदामा राष्ट्रियसभाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने उल्लेख थियो । सहमतिपत्रमा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर गरेका थिए । 

तर, मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेटर भएको सातबुँदे सहमतिपत्रमा उपाध्यक्षमा एमालेलाई समर्थन गर्ने भन्ने विषय हटाइएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीले दाबी गरेपछि सहमतिपत्रबाट हटाइएको नेताहरूले बताएका छन् । 

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले आफूहरूले दाबी गरेको तर, सहमति भने भइनसकेको बताए । “हामीले प्रस्ताव गरेका हौँ । उहाँहरू सकारात्मक हुनुहुन्छ,” उनले बाह्रखरीसँग भने, “सहमति वा समझदारी भएको छैन ।” उनले राष्ट्रियसभाको मनोनीत हुन बाँकी एक सिटमा पनि आफूहरूले दाबी गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement