राजनीति
काठमाडौं । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले नयाँ गठबन्धन समयको माग भएको बताएका छन् । आजको राष्ट्रियसभा बैठकमा गठबन्धनका उमेदवार नारायण दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा समर्थन जनाउँदै पहिले एमालेलाई 'कर्नर'मा पारिएको बताए ।
“यो समयको माग हो । आवश्यकता हो । हिजो एमालेलाई एक्लै कर्नरमा पारेर गठबन्धन गर्नुभयो । त्यो अभ्यास गर्नुभयो,” उनले भने, “अहिले आएर नयाँ ढंगले जाऔँ भनेर एमालेसहितको गठबन्धन बनेको छ । यसलाई सफल पार्नु अहिलेको आवश्यकता हो ।”
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:४९
प्रतिक्रिया दिनुहोस्