देश
काठमाडौं । नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सो सम्झौता संविधानविपरीत भएको भन्दै दायर गरेको रिट न्यायाधीशत्रय प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासमा परेको हो ।
न्यायाधीशत्रय राउत, मल्ल र पौडेलको इजलासमा आज एउटा मात्र मुद्दा रहेको छ । यसअघि, यही फागुन २२ गते संयुक्त इजलासले पूर्ण सुुनवाइमा पठाउने गरी पेसी तोकेको थियो । अब अन्तिम सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि व्यापार सम्झौताविरुद्ध उपाध्यायले रिट दायर गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० ११:३५
प्रतिक्रिया दिनुहोस्