site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विराटनगरमा एमालेको ‘म मेरो वडा आफैँ बनाउँछु’ अभियान
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफैँ बनाउँछु’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार बसेको महानगर कमिटीको नवौँ पूर्ण बैठकले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस अभियानअन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धीकरण गर्दै वडाहरूको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधि र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरू सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख  मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने छ । यस्तै, विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बीचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताए । महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यालय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्यीय समिति गठन गरेको हो ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य तथा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले जनताका बीचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए । “अब जनताले गफ हैन काम हेरेर विश्वास गर्ने हो, त्यसैले त्यसतर्फ तपाईंहरूको ध्यान पुगोस्,” उनले भने ।

Global Ime bank

एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध, एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले १०औँ राष्ट्रिय महाधिवेशनका फैसलाहरू र पार्टीको आगामी कार्यदिशा, केन्द्रीय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबीचको सम्बन्ध र हाम्रो दायित्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज हेमराज राईले दक्षिणपन्थि अवसरवाद र सांगठनिक अराजकता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement