site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा आगलागी
फेसबुकमा सार्वजनिक भिडियोबाट लिइएको तस्बिर ।

काठमाडौं । कर्णाली पुलमाथि एउटा ट्रकमा सोमबार आगलागी भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली पुलमाथि ट्रकमा आगो लागेको हो । सो ट्रक वीरगन्जबाट कञ्चनपुरतर्फ जाँदै थियो ।

ना५ख५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा गुड्दा गुड्दै एक्कासि आगो लागेको कैलालीका डीएसपी कुलदीप चन्दले बाह्रखरीलाई जानकारी दिए ।

ट्रकमा लागेको आगो नियन्त्रणका निम्ति कैलालीको घोडाघोडी नगरपालिकाको दमकल पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro