site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत क्यालेन्डर प्रकाशन गरेको हो ।

स्थानीय साना तथा मझौला व्यापार झल्कने तस्बिरमार्फत सकारात्मक सन्देश प्रदान गर्दै यो वर्षको क्यालेन्डर प्रकाशन गरी ग्राहकसमक्ष ल्याइएको बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसका अवसरमा बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागीमध्येका उत्कृष्ट १२ तस्बिर समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवसलगायत विषयमा आफ्ना ग्राहकलाई जानकारी राख्न क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्