site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हारजित चुनावको सुन्दर पक्ष हो : उमेदवार शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन् । उमेदवारी दर्ता गराएपछि सञ्चारर्कीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित नहुने बताए ।

“लोकतन्त्रमा कसैको जित पनि हुन्न, कसैको हार पनि हुन्न । हारजित चुनावको सुन्दर पक्ष हो,” उनले भने ।

अंकगाणितका हिसाबले कमजोर भएपछि पार्टीले टिकट दिएको हो ? भन्ने प्रश्नमा उनले भने, “पार्टीले यो निर्णय मेरो नाममा अगाडि गरेको हो । अरू मलाई थाहा छैन,” शर्माले भने ।

राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहालले उमेदवारी दर्ता गराएका छन् । अध्यक्षको निर्वाचन मंगलबार (भोलि) हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro