site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माकाे उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ । 

सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी छन् । समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देबेन्द्र दाहाल र नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् । 

narayan-1710136370.jpg
नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना  र समर्थकमा किरणबाबु श्रेष्ठ छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शेखर कुमार सिंह समर्थक रहेका छन् ।

yubaraj-1710136397.jpg

राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । 

अध्यक्षका लागि दुईजना प्रतिष्पर्धी रहने भएका छन् । सत्ता गठबन्धनसँग बहुमत देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro