site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन : नारायण दाहाल 

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदका उमेदवार नारायण दाहालले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइ भनेको सुन्दा ‘कान पाकिसकेको’ बताएका छन् ।

अध्यक्षका निम्ति सोमबार उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रचण्डको भाइ भनेर पार्टीको प्रदेश सहइन्चार्जको जिम्मेवारी समेत नदिइएको स्मरण गरे ।

Dabur Nepal
NIC Asia

“यी कुरामा कान पाकिसके । मुख थाकिसके । म ०६३ सालमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ । त्यो बेलादेखि नै मैले कुनै जिम्मा लिन पर्दाखेरि जुन ढंगले यो पार्टीमा योगदान दिएँ, सामान्यतया कुनै प्रदेशको सहइन्चार्जको रूपमा जाँदा’नि त्यो खालको आरोप लाग्ने गरेको छ,” दाहालले भने ।

उनले आफू ०३६ सालदेखि पार्टीमा लागेको र युद्ध लडेको बताए । आफ्नो बारेमा जानकारी नहुनेले प्रचण्डका भाइ भएका कारण जिम्मेवारी पाएको भन्ने प्रश्न सोध्न नमिल्ने उनको भनाइ थियो ।

“म ०३६ सालमा यो पार्टीमा प्रवेश गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो भन्छु के मैले ! जसलाई म कुन बेला कसरी लागेँ भन्ने कुरा र युद्धमा कहाँ कसरी खटेँ भन्ने कुरा जसलाई थाहा नै छैन, उसैले यो प्रश्न गर्दा कति न्यायसंगत हुन्छ ?,” उनले प्रश्न गरे ।

दाजुभाइ नै युद्धमा जान मिल्दैन भनेर त्यति बेला कसैले नरोकेको र अहिले जिम्मेवारी लिन खोज्दा प्रश्न उठाइएको उनले बताए ।

“अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? अहिले पाउँदैन जिम्मेवारी भन्नेले दाइ युद्धमा हिँडेको छ, तँ किन हिँडेको, मिल्दैन भनेर कसैले भनेन । त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro