site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच लाख भारतीय र साढे दुई लाख नेपाली रुपैयाँसहित चारजना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेमा भारतीय र नेपाली रुपैयाँसहित चारजना पक्राउ परेका छन् । वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बीआर ०१एआर२९९१ नम्बरको भारतीय कारमा चेकजाँच गर्ने क्रममा गएराति प्रहरीले रकम बरामद गरेको हो । 

कारको सिटमुनी लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ ५०० को नोट एक हजार ४२ थान (पाँच लाख एक्काइस हजार), २०० को नोट ९३ थान (१८ हजार ६००), १०० को नोट ९३ थान (नौ हजार तीन सय), ५० को नोट चार थान (दुई सय) गरी पाँच लाख ४९ हजार १०० भारतीय रुपैयाँ बरामद गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेपाली रुपैयाँ एक हजारको नोट १५० थान, ५०० को नोट २०० थान गरी दुई लाख ५० हजार रुपैयाँ फेला पारिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा कार चालक भारतको विहार राज्य सीतामणी थाना–९ भुभैरवो बस्ने ३० वर्षीय राकेश कुमार, सोही कारमा सवार सोही ठाउँका ३० वर्षीय चन्द्र बाबु, ३७ वर्षीय अशोक राय र सुनसरीको कोसी गाउँपालिका–४ बस्ने ३२ वर्षीय निजाम मिया छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement