site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तुलना नै गर्न नसक्ने गरी देशको अवस्था पहिलेभन्दा राम्रो छ : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नु सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो भनाइमा सत्यता नभएको बताएका हुन् ।

“...एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ,” उनले भने, “तर, अवस्थामा परिवर्तन आएको छ ।”

शनिबार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधि रहेको उल्लेख गरे । ‘विगतमा त्यस्तो थियो ?’ भनी उनले प्रश्न समेत गरे ।

३३ प्रतिशत महिला संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त उनले पेस गरे । उनले अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे ।

“...अवस्था परिवर्तन भएको छ । अवस्था फेरिएको छ । अवस्था पहिलेभन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ,” उनले भने ।

उनले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए । महिलालाई पुरुषसरह अधिकार दिलाउने विषयमा आफ्नो पार्टी लागिपर्ने समेत उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro