site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ दिल्लीबाट सिलिगुरीतिर
SkywellSkywell

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत रहेको समयमा व्यक्तिगत काम विशेषले पूर्व सिक्किमको रिगु वस्ती नपुगी नहुने स्थिति आइलाग्यो मलाई ।

सोहीअनुसार दिल्लीबाट सिक्किम पुग्नको लागि असोज १६, २०६५ को डिब्रुगढ राजधानी एक्स्प्रेस रेलको टिकट लिन पठाएँ दूतावासका परिचर अर्थात् कार्यालय सहयोगी जगतसिंह रावतलाई । एउटा नितान्त जरुरी काम विशेषले गर्दा असोज १८ का दिनमै रिगु पुग्नै पर्ने परिस्थिति आइ परेको छ । त्यही अनुसार जगतसिंहले मेरा लागि थर्ड एसीको कोच बी २, सिटनं. ४४ लवर बर्थको टिकट भा.रु. १६६०/–भुक्तानी गरी ल्याइदिएका छन् ।

यात्रामा निस्कदा सधैँ उज्यालिने मेरो अनुहारमा उज्याला चमकले पटक्कै छोएको छैन यसपटक । फुरफुर गर्ने पैतालाहरू आलस्यले भरिएका छन् । खुशीले भरिने मन पनि उदासिएको छ । चङ्गा हुने शरीरमा भद्दा भइरहेको महसुस गरिरहेको छु । खुशीले गरिने यात्रा भएको भए पो स्पूmर्ति र जाँगरले भरिएका हुन्थे । बाध्यता र दुःखको कामको लागि भएकोले यसपटक गरिने यात्रामा कुनै हर्ष, उमङ्ग र जिज्ञासाहरू छैनन् । तर यात्रामा समावेश न भै नहुने स्थिति छ ।

KFC Island Ad
NIC Asia

यस पटकको अपर्झट गरिनु पर्ने यात्रा मेरो सामु यसरी आइपर्योे– अघिल्लो आइतबार, असोज १२, २०६५ तद्नुसार सेप्टेम्बर २८, २००८ का दिन अकस्मात मेरी पत्नी रत्न राईले सिक्किम जानुपर्ने अवस्था आइलाग्यो । अनायस यात्रा गर्नुपर्ने स्थिति आइपरेकोले हवाइ टिकटको खोजी गरियो । सामान्य समयमा वा अलिक अगाडि नै टिकट खरीद गर्दा भा.रु. सात वा आठ सयमा पाइने टिकटलाई भा.रु. १०,५२५÷–मा स्पाइसजेटको टिकट मिल्यो ।

बिहान ११ः२० बजेको प्mलाइट नं. एस्.जी. ८८२ बाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरी अपरान्ह १३ः२५ बजे पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलमा अवतरण भयो ।

Royal Enfield Island Ad

विमानस्थलमा रत्नलाई लिनका लागि भदा सविन्द्र राई, भदा बुहारी शान्ति सुब्बा र भदा भानुभक्त राई आउनु भएको रहेछ । बागडोगराबाट सीधै पूर्व सिक्किमको रीगुको लागि बतासिएर यात्रा गर्दा साँझ अठार बजे पुगेको र छोरी आइपुगी भनेर जानकारी दिनासाथ अकस्मात् थला पर्नु भएकी रत्नकी माता पृथीमाया राईको अठार बजेर पैतीस मिनट जाँदा देहान्त हुन पुग्यो ।

यो दुःखद खबर सविन्द्र भदामार्पmत तुरुन्तै जानकारी भयो मलाई । त्यहाँ भएका इष्टमित्र र आफन्तले भने रे– ‘अन्तिम सास फेर्न छोरी पर्खिनु भएको रहेछ । छोरी नआइपुगेको भए धेरै घिडघिडो रहने थियो’ आदि इत्यादि ।

यस बेला झल्झलती सम्झिरहेको छु, इसाभन्दा १००० वर्ष पहिले वा वर्तमानको समयानुसार ३००० (तीन हजार वर्ष) अगाडि लेखिएको महाकवि होमरको ओडीसी यात्रा महाकाव्यमा वर्णन गरेको एक पात्र आर्गुस अर्थात् राजा ओडीसीको प्रिय कुकुरलाई ।

राजा ओडीसी ट्रोय वा इलियमका लागि प्रस्थान गर्न अगाडिसम्म मालिकसँग सिकारमा जाने र जुन सिकार गरिने पशु हो त्यसको पछाडि दौडिन्थ्यो र उसलाई पक्री छाड्ने सामर्थ्य राख्दथ्यो । र, प्रवल घ्राण शक्ति र तीक्ष्ण बुद्धिको थियो । स्वामी हराएपछि स्वामिनीले वास्ता गरिनन् । जसको कारणबाट अलपत्रमा पर्योे । २० वर्षको विछोडपछि अकस्मात ओडीसी आप्mनो प्रिय कुकुरको छेउमा पुग्दाको क्षणलाई यसरी उल्लेख गरेका छन्– ‘राजा ओडीसी आइपुगेको उसले (आर्गुसले) थाहा पायो, खुशीले पुच्छर हल्लायो र कानहरू लत्र्यायो । उसँग मालिकको छेउसम्म आउने शक्तिको अभाव थियो । इमाओसले नदेखोस् भनेर, ओडीसीले अर्कैतिर नजर फर्काए, अनि आप्mनो आंशु पुछे...।’... (ओडीसीले) भने– इमाओस, यो असाधारण किसिमको कुकुर रछ्यानमा लडिरहेको छ । यो विशिष्ट किसिमको कुकुर हो, जसलाई उसको मालिकले आप्mनै टेवलमा खाना खुवाउने र उसलाई हेरेर खुशी हुने गरेका थिए, यद्यपि मलाई भन्न कठिन छ कि उसको वेगवानतासँग मेल खान्छ कि खाँदैन ।

...२० वर्ष पश्चात् आफ्नो मालिक ओडीसीलाई पुलुक्क हेरेर आर्गुसले त्यही क्षणमै जीवनको अन्तिम सास फेर्यो  । (होमर, द ओडीसी, पेन्गुइन बुक्स, रिप्रिन्टेड २००३, पृ.२३०–२३१ ।)

संसार त यसरी नै चलिरहेको छ, र पनि दुःखद खबरले निकै बेचैनी बनायो मलाई । अनि अहिले, कतिपय विद्वान्हरूले भनेका केही शास्वत भनाइहरूलाई स्मरण गर्ने तर्पm लागें म । जुन कुरा सम्झना गर्ने तर्पm मोडिएँ म शान्त र एकान्त वातावरणमा– ‘जहाँबाट जीवनको यात्रा शुरु हुन्छ । त्यही नै पुगेर अन्त्य हुन्छ । जसरी आयो र त्यसरी नै जानु पर्ने हुन्छ । अर्थात् खाली हात आयो । खाली हात नै जानु पर्ने हुन्छ ।’ यस्तै त भयो अहिले र मेरी सासु बिदा भइन् यस मत्र्यलोकबाट ।’

शनिबार असोज १८, २०६५ मा जूठोबाट उत्रने वा चोखिने खबर भयो मलाई । सोही अनुसार दिल्लीबाट सिक्किम नपुगी नहुने भयो । त्यसैले यसपटकको यात्रा निर्धारित हुन गएको छ ।

यात्राको निर्धारित दिन अर्थात् असोज १६, २०६५ का बिहान आठ बजेर पैतीस मिनेट जादा चालक टंक थापा मगरसँग नयाँ दिल्ली रेल्वे स्टेशनको प्लेटफर्म नं. १६ मा पुगेँ म ।

रेल छुट्ने समयभने बिहानको साढे नौ बजे रहेको छ । बिहानैदेखि नै रेल्वे प्लेटफर्म खचाखच भरिएका छन् यात्रुहरूले । कोही प्लेटफर्ममा हतारिएर कुदिरहेका छन् । कोही प्लेटफर्म नम्बर सोध्दै आकाशे पुलमा भीडबाट जोगिँदै दौडिरहेका छन् यताउता ।

एक प्रकार अनियन्त्रित भीड छ रेल्वे स्टेशनमा । ठाउँठाउँमा टाँगिएका डिस्प्ले बोर्डहरू नियालेर हेरिरहेका छन् कतिपयले । त्यसरी नै एनाउन्स भइरहेको सूचनाहरू कान ठाडो पारेर सुनिरहेका छन् । एकदम हतार छ सबैलाई । कसैको केही मतलब छैन । केवल मतलब छ त रेल छुट्छ कि भनेर । मभने डिस्प्ले बोर्डमा सूचना पढेर ढुक्क भएर प्लेटफर्म नं. १६ को बीचमा रहेको कियोस्क (पत्रपत्रिका, मीठाइ, खत्र्याकखुत्रुक खानेकुरा र सिगरेट, पानपराग आदि बिक्री गर्ने सानो पसल) छेउमा उभिएको छु ।

यस्तैमा सिटी लगाउँदै आइपुग्यो डिबु्रगढ राजधानी रेल । सानो सुटकेश र हाते झोला लिएर पसेँ निर्धारित थर्ड एसी (एयरकन्डिसन जडित तेस्रो श्रेणी) को कोच (संयान) नं. बी २ मा ।

आफ्नो सिट खोजेर सुटकेश र झोलालाई सिटमुनि राखेँ । स्मरणरहोस् भारतीय रेलमा सेकेण्ड क्लास, एसी चेयर कार, थर्ड एसी (एसी थर्ड टायर), सेकेन्ड एसी (एसी सेकेण्ड टायर) र फस्र्ट एसी आदिको कोच हुन्छ । सेकेन्ड क्लासमा सिट रिजर्भ भए पनि जो पनि चढ्ने र उत्रने भइरहन्छन् । एकप्रकार नेपालको लोकल बसको यात्राजस्तो ।

तर भारतीय रेलहरूमा एसी (एयरकन्डिसन) का टिकट रिजर्भ हुने र त्यसमा तोकिएकै व्यक्तिले यात्रा गर्न अनुमति पाउँछन् । निश्चित यात्रीभन्दा अरू चढ्न र बस्न पाउँदैनन् । सो को लागि सुरक्षाको व्यवस्था पनि हुनेछ । महँगो टिकट भए पनि एकप्रकारले सुरक्षित हुन्छ । त्यसैले भारतीय रेलमा सुरक्षित यात्रा गर्ने भए सकेसम्म एसी बर्थ रिजर्भ गर्न जरुरी छ । एसी थर्डमा लवर बर्थ, मिडल बर्थ र अपर बर्थ गरी तीनतीन तलाका ६ वटा बर्थ वा सिट हुनेछन् ।

त्यसरी नै सेकेण्ड एसीमा लवर बर्थ र अपर बर्थ हुनेछन् । एउटा कोचमा ४ सिट हुनेछन् अपर सिट लवर सिटभनी दुई साइडमा दुईदुई सिट । फस्र्ट एसी चाहीँ सिङ्गै एउटा कोठा हुनेछ । फस्र्ट एसीको टिकट करिबकरिब हवाइजहाजको भाडा सरह नै हुने र सुविधा पनि उस्तैउस्तै । त्यसैले सुरक्षित यात्राका लागि सम्भव भएसम्म एसी बर्थ रिजर्भ गरी यात्रा गर्दा राम्रो हुन्छ ।

ठीक समयमा रेलले छोड्यो नयाँ दिल्ली रेल्वे स्टेशन । रमाइलै छ रेलको यात्रा । म आप्mनै बर्थमा बसिरहेको छु । यस्तैमा मलाई थर्ड एसीबाट सेकेण्ड एसीमा सरिदिन अनुरोध गर्न आए केही युवाहरू । मलाई पनि सुविधा नै हुनेभयो भन्ने लाग्यो । किनकि थर्डबाट सेकेण्ड एसीमा बढोत्तरी हुनेभयो मेरो । त्यसपछि आपसी सहमतिमा एसी सेकेन्डमा सरेँ म । एसी थर्डमा रहेछन् मलाई सरिदिन अनुरोध गर्नेका साथीहरू । दिल्लीमा पढ्दै गरेका भुटानीहरू रहेछन् । साथीभाइ एकै बर्थमा बसेर यात्रा गर्ने चाहना रहेछ भुटानी विद्यार्थीहरूका । त्यसैले मलाई अनुरोध गर्न आएका रहेछन् उनीहरू ।

यात्रा गरिरहेको राजधानी रेल नयाँ दिल्ली, उत्तर प्रदेशको (मुरादाबाद, सुल्तानपुर, वाराणसी) हुँदै बैरेनी जक्सन, बिहारको कटिहार भएर पश्चिम बङ्गालको न्यु जलपाइगुडी भएर अगाडि बढ्ने रहेछ । मेरो अन्तिम गन्तव्य सिलिगुरी स्थित न्यू जल्पाइगुडीसम्मको रहेको छ ।

रेल आप्mनै गतिमा दौडिरहेको छ । रेलको झ्यालबाट बाहिरको सुन्दर र छिनछिनमा परिवर्तन भइरहने दृश्यहरूमा रमाउन सकिन्छ । रेल चलेको केही समयपछि नै नौ बजेर ३७ मिनटमा बिहानको चियाभन्दै कफी, एउटा सानो क्याटवरी चकलेट र जम्प इन म्याङ्गो जुस वितरण भएको छ ।

त्यसपछि साढे दश बजे ब्रेकफास्ट भन्दै बिकानेर केक, चिया, बिकानेर भुजियाको सानो पाकेट, स्याण्डबीच, टोमाटो केचप, दुईवटा चकलेट, दूधको सानो प्याकेट र चिनीको दुई पुरिया वितरण गरियो । रेल बाहिरको दृश्यको मजा लिँदै नास्ता गर्ने काम गरें मैले अरू यात्रीहरूलेजस्तै ।

रेलको टिकट चेक गर्दै आइपुगे टी.टी.बाबु अर्थात् ट्रेन टिकट चेकर । मेरो सिट एसी थर्डमा रहेको र म बस्दै गरेको सिट नमिलेको पनि सोधीखोजी गरे टी.टी.ले । मैले सोझो जवाफ दिँदै भने भुटानी बहिनीहरू थर्ड एसी र सेकेन्ड एसीमा रहेछन् । सबैजना एउटै बर्थमा बस्ने भनी अनुरोध गरेकोले सिट स्वीच भएको हो भनें मैले ।

टी.टी.ले काटेको टिकट स्वीच हुन सक्दैन भनेपछि भुटानी बहिनी छोडेनलाई भेटेर सो कुरा बताएँ । अनि आफ्नै तोकिएको सिटमा गएर बसेँ । राजधानी एक्स्प्रेसमा काटिएका टिकटको एक प्रति रेल वे नोटिस बोर्डमा टाँगिने र अर्को प्रति टिकट चेकरसँग हुने नियम छ । त्यसमा तलमाथि भएमा कडारूपमा कार्वाही हुने नियम भएकोले सिट साटफेर गर्न नदिने रहेछ ।

आफ्नो पुरानै सिटमा बसेर यात्रालाई निरन्तरता दिने काम गरेँ । अनि भुटानी भाइबहिनीहरूसँग भलाकुसारी गर्ने काम पनि गरेँ । दिल्लीमा छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीहरू रहेछन् तिनीहरू । यसै मौकामा केही जोङ्खा भाषा बारे पनि सोधपुछ गरेँ । ‘नमस्ते’ लाई ‘कुजु जाङ्पा’, ‘तपार्इंलाई कस्तो छ’ भन्दा ‘गडेबेय’, ‘राम्रो छ’ भन्नु परे ‘लेसीम्बेरा वे’, र ‘वाइवाइ’लाई ‘यासिमे’ भनिँदो रहेछ ।

यस्तैमा साढे बाह्र बजे लञ्च वितरण भयो– ‘दुईटा सुक्खा रोटी, मिश्रित अचार, एक कचौरी साधा भात, पहेली दाल, पनीर, आलु फ्राइ, सानो कपमा दही तथा सलादमा (काक्रा, गाँजर, हरियो खुर्सानी, एक टुक्रा कागती)’ आदि ।

ज्ञातव्य होस् कि राजधानी रेलको यात्रा गर्दा खाना ल्याउने प्याकेटमा नै मर्निङ टी, ब्रेकफास्ट, लञ्च वा डिनर तथा हाइ टि (बेलुकीको नास्ता) मा के के दिइने हो सो को विवरण भएको जानकारी स्लिप पनि समावेश गरिएको हुन्छ ।

चौध बजे बरेली जक्सनमा आइपुगिएछ ।

रेल वे स्टेशनमा टाँगिएको बोर्डले जानकारी दियो मलाई । समथरको यात्रा भएकोले एक प्रकार एकैनासका देखिन्छन् भू–बनोट । उस्तैउस्तै प्रकारका घरहरू र बजारहरू । केवल गाउँमा सिलिङविलिङ हुन्छन् घरहरू । बजार क्षेत्रमा भने बाक्लै वा झुरूप्प परेका देखिन्छन् घरहरू । लञ्च खाएपछि धेरै मान्छेहरू निदाउन लागे । मानौँ जरा उखेलिएको रुखजस्तै । ढल्किए आ–आफ्नै बेड कम सिटमा । म पनि झकाएँ अलिकति । तर लोभिइरहेको छु रेल यात्राको दृश्य समात्न 

शाहजहाँपुर रेल्वे स्टेशनको प्लेटफर्ममा आइपुगेछांै १५ः०० बजे ।

बर्थहरू प्रायः सुनसान छन् । सबैजना निदाएका छन् । बिहानदेखिको रेल यात्राले थाकेका छन् सबैजना । हिँड्दा मात्र थाकिन्छ भन्ने सम्झिन्थेँ म । तर होइन रहेछ । एकै स्थानमा चुपचाप बसेर यात्रा गर्दा पनि थाकिने रहेछ । सायद गतिको कारणले होला ।

करिब आठ घन्टाको लगातार रेल यात्रा पश्चात् लखनऊ आइपुगेछौँ हामी अर्थात् सत्र बजेर बीस मिनट जाँदा ।

नवावको सहरलाई नियाल्न समय चाहिन्छ । अनि इच्छा र आकाङ्क्षा चाहिन्छ । सतही आँखा, मन र समयले हेर्न, बुझ्न, अध्ययन र मनन गर्न सकिंदैन । केवल हेरिस् हेरेँ । देखिस् देखेँ । पुगिस् पुगेँ भन्ने सिवाय के नै उपलब्धि हुन्छ र ! तैपनि ओर्लदो साँझमा दीपावली गर्दैं गरेको लखनऊलाई नियालेँ मैले । चारबाग रेल्वे स्टेशनको चमकदमक देख्न सकेँ । लामो यात्राको थकाइले थकित शरीर चटपटाउन नै मान्दैन । मन पनि प्रफुल्ल भएर नयाँ सहरको विशेषता खोज्न र खोतल्न चञ्चलताको मुडमा छैन । फेरि रेलको सारिणीले पनि अनुमति दिँदैन । किनकि अझै कोसौ टाढाको यात्रा दूरी पार गर्न बाँकी नै छ । केही मिनटको विश्रामपछि पुनः रेलले गति लियो र रेलकै गतिलाई आत्मसात् गरेर जुटेँ यात्रामा मपनि ।

रेलले आफ्नो अगाडिको जमिन मेरै हो भन्ने भाका टिपेर दौडिरहेको छ एकतमासले । भारतीय रेलहरूमा सबैभन्दा राम्रो सेवादायक र भरपर्दो रेल सेवा सम्झने हो भने राजधानी एक्स्प्रेसलाई नै सम्झिने गरिन्छ । आफ्नो समयमा चल्ने र तोकिएको समयमा गन्तव्यमा पुग्ने रेलहरूमा राजधानी नै पर्दछ । यात्रुहरूलाई सकेसम्म राम्रो सुविधा दिने प्रयास समेत गरिएको छ राजधानी एक्स्प्रेसहरूमा ।

अन्य कतिपय रेलहरू घन्टौ ढिलो गरी चल्ने गरेको पाइन्छ । तर राजधानीमा यदाकदा बाहेक त्यसरी ढिलाइ गरी चल्ने गरेको पाइँदैन । त्यसैले पनि राजधानी रेलको भाडा अपेक्षाकृत अन्य रेल सेवाको भन्दा महँगो भएता पनि यात्रुहरूका रोजाइमा परेको पाइन्छन् ।

पौने आठ अर्थात् १९ः४५ बजेको छ अहिले ।

पेण्ट्री कार अर्थात् रेलको भान्सा कोठाबाट वितरण हुन गइरहेको छ बेलुकीको खाना अर्थात् डिनर । सर्भिङ प्लेटमा सुप र सुपस्टिक (पीठोले बनाइएको छडीजस्तै बिस्कुटको परिकार), पुलाउ, दाल, चिकेन करी (टिकट लिँदा नन भेज लेखाएको भए चिकन करी र भिजेटेरियन लेखाएको भए पनीर करी आउँछ), दही (प्लाष्टिकको सानो कपमा), सुखा रोटी (पराठा), सलाद (काक्रा, गाँजर, हरियो खुर्सानी, एक टुक्रा कागती), बटर (सानो प्लाष्टिक लाम्चो कपजस्तै भाडामा), बनिबनाउ चलानी अचार र आइसक्रीम (सानो प्लाष्टिक ग्लासजस्तै कपमा) ल्याएर दिने काम भयो । त्यसपछि सबै यात्रुहरूले खाने काम गरे चल्ती रेलमा नै । अँध्यारोले राज जमाउँदै छ बाहिरी संसारमा । तर म भने रेलको मेजमानी र रमाइलोमा डुबेको छु मज्जाले ।

साढे दश बजे वा २२ः३० बजे वाराणसी पुगेको छ रेल ।

बिस्तारै गति घटाउँदै रोकियो रेल वाराणसी प्लेटफर्ममा । बत्तीको उज्यालो बाहेक केही देखिँदैन । अँध्याराले राज्य विस्तार गरेको स्थानहरूमा कत्ति मनमोहक र आकर्षक चीजहरू थिए होलान् । अनुमान गर्न बाहेक केही छैन आफूसँग । समय भएको भए वाराणसीको घाटहरू हेर्न गइन्थ्यो ।

‘उदय मासिक’ का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ दाइ र उहाँका भाइ विजय श्रेष्ठ तथा उहाँहरूका परिवारसँग बसेर चिया पिइन्थ्यो । अझ लामो समय भए वाराणसी हिन्दु विश्वविद्यालयमा प्राध्यापन गर्नु हुने सञ्जय वान्तवा र उहाँका श्रीमती अरूणा राई आदिसँग भलाकुसारी हुने थियो । त्यसरी नै प्राध्यापनमा रमाइरहेका मित्र दिवाकर प्रधानसँग भेट हुने थियो । केही समय रमाइलोसँग बित्ने थियो वाराणसीमा । तर आफूसँग पर्याप्त समय छैन । त्यसैले झिलिमिलि बलिरहेको बत्तीलाई हेरेर टोलाइरहेँ म ।

आफ्नै विचारमा तल्लीन भैरहेको बेला वाराणसी छोडिसकेछ रेलले ।

डिनर खाएपछि निन्द्राले पनि छोप्न खोज्छ । तर आँखा पूरै बन्द हुँदैन । आधा जागरुक छ कान पनि । सबै कुरा पनि सुनेजस्तो लाग्दैन र नसुनेकोजस्तो पनि लाग्दैन । अर्ध निद्राको अवस्थामा यात्रा भइरहेको छ मेरो डिब्रुगढ राजधानी रेलमा ।

पूर्वोत्तर रेल वे बलिया स्टेशनको उज्यालो प्रकाशमा नियालें हातमा बाँधेको घडीलाई । बिहानको सवा एक बजेको रहेछ । दोस्रो दिनको यात्रामा रहेछु भन्ने जानकारी भयो मलाई ।

अर्थात् शुक्रवार असोज १७, २०६५ भइसकेछ ।

हिजो बिहान नयाँ दिल्लीमा थिएँ आज एकाएक बिहार भएर पश्चिम बङ्गालको बिहानी हेर्न आइपुगी सकेछु रेलबाट । रेल बाहिर नियालेँ चारैतिर सुनसान छ । केही देखिँदैन रेल बाहिर । एक प्रकार सुनसानको यात्रा पनि रमाइलै हुने रहेछ । यस्तै लागिरहेको छ मलाई यसबेला ।

बिहानको पौने तीन बजे छपरा स्टेशनमा पुग्यो रेल । चार बजे हाजिपुर भएर पाँच बजेर बीस मिनेटमा बरौनी रेल्वे स्टेशन पुगेको जानकारी स्टेशनमा टाँगिएको बोर्डले दिइरहेको छ । जति नै साँझ वा रात परे पनि प्रत्येक स्टेशनहरू जागै रहेका छन् जाग्राम बस्ने कार्यक्रमजस्तै । स्टेशन बाहेक सबैतिर कफ्र्यु लागेजस्तै स्थितिमा रहेका छन् ।

बिहानको साढे छ बजे पुनः मर्निङ टी आयो पैन्ट्री कारबाट । चिया, म्यारी लाइट बिस्कुट, चिनी, दूध र दुईवटा टफी (चकलेट) । चिया पिउँदापिउँदै पत्रिकाहरू पनि वितरण हुन थाल्यो । मैले ‘हिन्दूस्तान टाइम्स’ पत्रिका लिएर चिया पिउँदै पढ्ने काम गरेँ ।

मेरो सिटमाथिको भुटानी भाइ अझै ब्युँझिएका छैनन् । उनले मर्निङ टी पनि पिउन पाएनन् । मोबाइलमा चार्ज सकिन लागेछ । मोबाइल चार्ज गर्ने काम गरेँ । अझ ल्यापटप ल्याएको भए टाइप गर्न सकिन्थ्यो । तर ल्यापटप नल्याएकोले टाइप गर्नबाट वञ्चित भएको महसुस भयो मलाई ।

बिहानको सात बजेपछि रेल बाहिरको दृश्यहरूलाई समेट्न गाह्रो भएन । यस्तैमा थाना बिहारपुर अनि नव गाछिया रेल्वे स्टेशन भएर सवा सात बजे कटारिया स्टेशनलाई पार गरेर कटिहार स्टेशनमा पुग्यौँ आठ बजे ।

कटिहार भने पनि नजिकको चिनेको साथीजस्तै लाग्यो मलाई । विराटनगर, जोगवनी भएर फार्बिसगञ्जसम्म धेरै पटक यात्रा गरेको छु । मान्छेहरू भन्ने गर्थे फार्बिसगञ्जबाट धेरै टाढा छैन कटिहार । तर कटिहार भने पुगेको थिइनँ म । संयोगले आज आइपुगेँ । त्यसैले रमाइलो लाग्यो मलाई कटिहार आइपुग्दा । करिब दश मिनेट जति रोकिएपछि अगाडि बढ्न थाल्यो रेल । मायालु आँखाले कटिहारलाई सुम्सुम्याउँदै रेलसँगै बढेँ म । नौ बजेर पचास मिनट जाँदा किसानगञ्ज स्टेशनमा पुगी अडियो रेल । यसरी रेलले बिहानको सवा एघार बजे न्यूजल्पाइगुडीमा पुर्यायो मलाई । रेलबाट उत्रन लागेको यात्रु (प्यासेञ्जरबाट प्याण्ट्रीमा काम गर्नेहरूले टिप्स वा थ्याङ्कस मनी) को अपेक्षा गर्छन् । आआप्mनो गच्छेअनुसार दिएर बिदा हुने प्रचलन पनि रहेको छ । त्यसै अनुसार भा.रु. पचास निकालेर टिप्स दिएँ मैले ।

रेलबाट उत्रनासाथ सविन भदा (जेठा जेठानको माइला छोरा सविन्द्र राई) र भानु भदा (साला कान्छाका छोरा भानुभक्त राई) लिन आउनु भएको रहेछ मलाई । दुवै भदाहरूसँग भेटघाट गरेपछि सविन भदाको बोलेरो जीपमा चढेर सिक्किमको रङ्गेली बजारका लागि रमाना भयौँ ।

जीप यात्राको क्रममा सम्झिरहेको छु पावल थेरोक्सले ‘द ग्रेट रेल्वे वजार’ मा ‘द नाइट एक्स्प्रेस फ्रम नोङ्ग खाइ’ मा उल्लेख गरेको कुराहरूलाई । उनले वर्णन गरेका छन्– ‘प्रत्येक देशका रेलहरूमा आप्mना देशका संस्कृति झल्काउने चीजहरू राखिएका हुन्छन् । थाइ रेलहरूमा धाराको एक छेउको टुटीमा टल्कने ड्रागन राखिएका हुन्छन्, श्रीलंकन् रेलहरूमा एउटा डिब्बा बुद्धिष्ट सन्यासीका लागि रिजर्भ गरिएका हुन्छन्, भारतीयमा शाकाहारी भान्सा हुन्छ र छ वटा श्रेणीका हुन्छन्, इरानीयनमा प्रार्थना गर्ने चकटी राखेका हुन्छन्, मलेसियन–मा नुडल (चाउचाउ) स्टल हुन्छ, भियतनामीमा बुलेटप्रुफ सिसा राखिएको हुन्छ भने रसियन रेलहरूमा स्यामोभार (अर्थात् चिया बनाउनाको लागि तातो पानी तताइराख्ने उपकरणको प्रबन्ध) जडान गरिएको हुन्छ ।’ (पावल थेरोक्स, द ग्रेट रेल्वे वजार,पेन्गुइन वुक्स, इंगल्याण्ड १९७७, पृ.२३५) ।

तर आपूmले भारतीय र जर्मन रेलको मात्र अनुभव भएकोले अन्य देशका रेलहरूका बारेमा थाहा हुने कुरै भएन । तर थेरोक्सले उल्लेख गरेजस्तो भारतीय रेलको विशेषताबारे पनि यकिन गरेर थाहा पाउन सकिनँ । तर जे भए पनि भारतीय रात्रि रेलको अनुभव भने गर्न सकें ।

रेल यात्राको कुराबाट यही विश्राम लिउँ । किनकि अझै सात घण्टा लामो जीप यात्राले कुरिरहेको छ अगाडि । त्यसैले कत्ति पनि विलम्ब नगरी जीप यात्रामा जुट्यौँ हामीहरू ।

न्यूजल्पाइगुडी र सिलगुडीको भूभागबाट विदा हुँदै दौडियौँ सेतो बोलेरो जीपमा सरर अगाडि । बिस्तारै टिस्टाको किनारैकिनार भएर बढ्नु छ र पुग्नु छ सिक्किम ।

(नियात्राकार छाङ्छाको हालै प्रकाशित कृति ‘साङ्ग्रिलाको पुछारतिर’को अंश)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro