site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१८औँ राष्ट्रव्यापी बुदोकै–दो कराँते च्याम्पियनसिप सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । १८औँ राष्ट्रव्यापी किसिपिडी बुदोकै–दो फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप प्रतियोगिता काठमाडौंको चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित किसिपिडीमा सुरु भएको छ ।

शुक्रबार सुरु भएको प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखले उद्घाटन गरेका थिए । प्रतियोगितामा देशभरका २०० महिला तथा पुरुष खेलाडीहरू सहभागी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बुदोकै–दो फुलकन्ट्याक्ट कराँतेका कार्यवाहक अध्यक्ष वीरकृष्ण महर्जनले बताए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महर्जनले बताए ।

Global Ime bank

प्रतियोगिताका प्रमुख अतिथि रहेका नगरप्रमुख घनश्याम गिरीले नेपालमै जन्मिएको खेलको विकास र प्रवर्धन गर्न आफू लागि पर्ने बताए । खेलमार्फत समाज परिवर्तन गर्नुका साथै देश चिनाउन सकिने नगर प्रमुख गिरीले बताए ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा क्वार्टर फाइनलसम्मका खेलहरू भएका छन् ।

शनिबार प्रतियोगिताका फाइनलहरू हुने भएका छन् । खुला तौल समूहका स्वर्ण पदक जित्ने खेलाडीले १० हजार पाउनेछन् । अन्य तौल समूहका स्वर्ण विजेताले पाँच हजार प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय