site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याउखेतीका लागि विप्लव जुम्लामा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार सामूहिक स्याउखेती* सुरु गर्न लागिएको जनाइएको छ । सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको जनाइएको छ ।

नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्नेछ । पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताए । रासस

*यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro