काठमाडौं । महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र आउँदो वर्षको जेठ १० गते रिलिज गर्ने निर्माणपक्षले जनाएको छ ।
जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म विहीबारबाट रिलिज हुनेछ ।
एक्सनप्रधान चलचित्र ‘दान्भी’मा नायिका पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् । पूजाको जोडीको रूपमा कुन्साङ बोमजम छन् । चलचित्रमा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।
नेपाल र भारतमा छायांकन भएको चलचित्रको निर्माता देव मगर र अनुप गडाल हुन् । पवन राना मगर कार्यकारी निर्माताको रूपमा छन् । कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।