site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई लेखकको प्रश्न– संक्रमणकालीन न्यायको विधेयक कांग्रेसले रोकेको हो ? 

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोकेको ?’ भनी प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै उनले यस्तो सोधेका हुन् ।

“संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि, तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भने नेपाली कांग्रेसका प्रति न्याय गर्नुभो ? विश्वास गर्नुभो ?,” लेखकले प्रश्न गरे ।

लेखकले आठबुँदे सहमतिमै उल्लिखित संघीयता कार्यान्वयनसम्बन्धी विषयमा ‘कानुन पनि बनेन, सबै तहका सरकार १४ महिनामा प्रभावकारी भएनन्  भने के गर्नुभयो ?’ भनी थप प्रश्न गरे ।

संसद्का दुई अधिवेशनबाट एउटा मात्र विधेयक पारित गरिएको भन्दै उनले ‘अरू गर्न कांग्रेसले रोक्यो ?’ भनी प्रश्न पनि गरे ।

उनले ‘गर्न नसकेको कामको जिम्मेवारी मन्त्रीले लिने ?’ भन्दै थप प्रश्न गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्यमा रहँदा मन्त्रीहरूको कामप्रति असन्तुष्ट भएको र गठबन्धन तोडिएको बताएपछि उनले यस्तो प्रश्न गरेका हुन् ।

गठबन्धन बन्ने र भत्कने विषयलाई ठूलो रूपमा लिन नहुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro