site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीको पहिलो निर्णय– सरकारी जग्गा हडप्नेलाई कारबाही गरेर सम्पत्ति फिर्ता ल्याउने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय गरेका छन् ।

शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हालेका मन्त्री लामिछानेले न्याय र सुरक्षा माग्नलाई मन्त्रीनै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरे ।

उनले मिटरब्याज पीडितसहितले न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने पनि बताए ।

जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीलाई निर्देशन दिँदै गृह प्रशासनको अनुसन्धानमा कसैको पनि दबाब र प्रभावमा पर्नु नहुनेमा उनको भनाइ छ । उनले गृह प्रशासनको कामलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने उल्लेख गरे ।

आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरूलाई पनि कानुन अनुसार कारबाही गर्न उनको निर्देशन छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro