site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् । सञ्चारकर्मीसँग सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए । 

उनले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको जिकिर गरे । एकता अंकमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो । उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । 

सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro