site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘म्युनिख ओलम्पिक १९७२’ को आतंककारी हमला यसरी सम्झन्छन् जितबहादुर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खेलकुद स्वास्थ्यका लागिमात्र नभई देशका लागि पनि हो । खेलले भाइचाराको सम्बन्ध स्थापित गराउने गर्छ । खेलकुद त्यस्तो शक्ति हो, जसले विभिन्न वर्ग, समुदाय, जाति तथा भिन्न जमातलाई एकजुट गराउने काम गर्छ । खेलकुदकै माध्यमबाट कैयाैँ देशले आफ्नो नाम चिनाएका छन् ।
खेलकुद शान्तिको लागि पनि हो । तर, कुनै बेला खेलकुदमा यस्तो नमिठो घटना घट्न पुग्छ, जुन कमैले सोचेका हुन्छन् । त्यसको एक प्रतिनिधि घटना हो, जर्मनीको म्युनिख सहरमा भएको सन् १९७२ को ओलम्पिक गेम्स ।
सन् १९७२ अगष्ट २६ देखि सेप्टेम्बर ११ तारिखसम्म भएको ओलम्पिक खेलकुदमा खेलकुद इतिहासको अहिलेसम्मकै ठूलो आतंककारी हमला भएको थियो । उक्त हमलामा इजरायली खेलाडी तथा प्रशिक्षकका साथै जर्मन पुलिस पनि मारिएका थिए । 
नेपालको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव कुमार खड्गविक्रम शाह, उनकी पत्नी तथा राजा मेहन्द्रकी माइली छारी शारदा शाह, राजा महेन्द्रकी कान्छी छोरी शोभा शाही, उनका पति मोहन बहादुर शाही र राखेपका कोषाध्यक्ष केशव भट्टराई गएका थिए । खेलाडीमा नेपालको तर्फबाट एथलेटिक्सका जितबहादुर केसी र भक्तबहादुर सापकोटा थिए । प्रशिक्षकमा लक्ष्मण शाह थिए ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय मेडल दिलाउने जित बहादुर केसीले त्यो ओलम्पिक खेलकुदमा आतंककारी हमला प्रत्यक्ष रुपमा देखेका थिए । हमलाको संक्षिप्त वर्णन उनकै शब्दमा–
ओलम्पिक खेलकुद सुरु भएको तेस्रो दिनको राति १ बजे बजेको थियो । नेपाली टिम र इजरायली टिम सँगसँगै जस्तै थियो, वारी र पारी । बीचमा बाटो थियो । राति १ बजेतिर निकै ठूलो आवाज आयो । हामी बसेको तल्लो अण्डरग्राउण्डमा खेल्ने व्यवस्था थियो । त्यहाँ कोही खेलिरहेको होला भन्ने लागेको थियो । 
करिब ३०–४० सेकेन्डपछि फेरि अर्को ठूलो आवाज आयो । म बसेको फ्ल्याट नै हल्लियो । मैले पर्दा खोलेर पनि हेरिन । त्यसरी आतंककारी हमला हो भन्ने त फिटिक्कै लागेको थिएन । एक गिलास दूध खाएर म सुतें ।
करिब बिहानको ४ बजेको समयतिर कानको जाली फुट्ने गरी घण्टी बज्यो । हाम्रो ढोकामा बस्ने गार्डले मेरो टोपी मागेको थियो । त्यसले बेलाबेलामा चिया बनाएर ल्याउँथ्यो । यति राति नै किन उठाएको होला, कस्तो रहेछ भन्दै ढोकातिर लागें ।
ढाको खोलें, शारदा शाह रहिछन् । तत्कालिन राजा महेन्द्रकी माइली छोरी । ढोका खोल्नेबित्तिकै आत्तिँदै उ... लौ हेर्नुस् त... भन्न थालिन् । 
मेरो त होस नै हरायो । बाहिर हेर्दा पूरै रगतै रगतले सिसाहरू पोतिएको थियो । रगत टल्किरहेको थियो । 
हाम्रो र इजरायली खेलाडीको रुम वारी–पारी थियो । दुई जनालाई त्यहीँ मारेको रहेछ । प्यालेस्टाइनी आतंककारीले अरु ९ जना खेलाडीलाई त्यहीँ बन्दी बनाएर बाँधेका थिए । 
प्यालेस्टाइनका आतंककारी ५ जना थिए । ग्रिनेट र हतियार बोकेर बसेका थिए । त्यो देख्दा सारै डर लागेको थियो । ट्«याकसुट लगाएर म पनि विस्तारै बाहिर निस्कें । डरले होस नै उडेको थियो ।
सबै बाहिर निस्क्यौं भिलेजको गेट छेउमा । सबै डराएका थिए ।
त्यो दिन बिहानदेखि बेलुकासम्मै बैठक नै बैठक बसेको थियो जर्मन सरकार र ओलम्पिक कमिटिको । कोही के भनेका छन् कोही के... । 
आतंककारीको माग इजरायली खेलाडीलाई लान पाउनुपर्ने रहेछ । अन्तिम समयसम्म केही नभएपछि जर्मन सरकारले आतंककारीलाई त्यो ९ जना खेलाडी लान दिने भन्ने कुरा भयो । 
आतंककारीले हेलिकप्टरमा ती खेलाडीहरूलाई लाने व्यवस्था मिलाउन जर्मनीसँग मागसहित चेतावनी दिएको थियो । राति ९ बजेतिर जर्मन सरकारले हेलिकप्टर उपलब्ध गरायो । आतंककारीको एक जना बाहिर निस्केर हेलिकप्टर निरिक्षणपछि भित्र छिर्यो । आतंककारीले बन्दी बनाएका खेलाडीलाई हेलिकप्टरतर्फ लाँदै गर्दा झ्याप्प बत्ति निभ्यो ।
त्यहिबेला गोली बर्सिन थाल्यो । जर्मन सरकारले करिब १ मिनेटसम्म फायर गरेको थियो । एक जना पुलिस मर्यो । त्यो हेलिकप्टर जल्यो । लगतै बत्ति बल्यो । जर्मन कुकुर त्यहाँ मैदानमा छोडेपछि तीन जना आतंककारीको लास ल्यायो । बाँकी २ जना छैनन् ।
लगत्तै सबैलाई भिलेज छोड्न आग्रह गरियो । आतंककारीले बम प्रहार गर्छ भनेर आदेश दिएको थियो । सबै भागमभागमा परे । भिलेज छोडेको एकैछिनमा फेरि बोलायो लास भेटियो अब खतरा छैन भनेर । 
दुई जना आतंककारी घाइते भएर भाग्न खोजेका रहेछन् । आतंककारी ५ जना नै भेटेपछि इजरायलका खेलाडीको भोलि खबर हुन्छ, तपाईंहरू आ–आफ्नो रुममा जानुहोस् कुनै खतरा छैन भन्ने कुरा आयो ।
९ जना बन्दी बनाइएका इजरायली खेलाडीको त्यहीँ हत्या भएको रहेछ । फायर सुरु हुनेवित्तिकै आतंककारीले ग्रिनेट त्यही फालिदिँदा ९ जना सबैको मृत्यु भएको रहेछ । त्यो हमलामा इजरायली ११ जना खेलाडी मारिए ।
रुममा त आइयो, तर डरैडर थियो । एउटा केही कुराले सानो आवाज दिँदा नि सातो नै जान खोज्थ्यो । अझै पनि त्यो क्षणको याद आउँदा मुटु काम्न खोज्छ । 
तीन दिनसम्म ओलम्पिक खेलकुद नै रोकिएको थियो । त्यसपछि पुनः त्रासैत्रासमा खेल सुरु भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय