अर्थ व्यवसाय
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७०.३१ अंकले घटेको छ । नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ को विन्दुमा झरेको छ ।
यस दिन ३१६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ०.६६ प्रतिशतले बढ्यो । १२ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १५:१४
प्रतिक्रिया दिनुहोस्