site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाहबाजले लिए पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा शपथ
SkywellSkywell

काठमाडौं । शाहबाज सरिफले पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् । त्यहाँको राष्ट्रपति भवनमा सोमबार आयोजित एक समारोहमा उनले शपथ लिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक सन्जरानी, सेनाप्रमुख, राजनीतिज्ञ र राजदूतहरूको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

KFC Island Ad
NIC Asia

यसअघि, आइतबार पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रियसभामा २०१ मत प्राप्त गरेका थिए । आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अरूसँग गठबन्धन गरेपछि सरिफ सत्तामा आएका हुन् ।

सांसदहरूले उनलाई देशको प्रमुख कार्यकारी पदका निम्ति उमेदवारका रूपमा मनोनयन गरेका थिए । आइतबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रियसभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका निम्ति कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताए । प्रधानमन्त्रीले आफ्नो सरकारले देशको विकासका निम्ति चीन–पाकिस्तान आर्थिक करिडोरको विस्तार र प्रवद्र्धन गर्ने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro