site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शृंखलाको उपाधिका निम्ति नेपाललाई डच टोलीको चुनौती

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपालले नेदरल्यान्ड्सको चुनौतीको सामना गर्दै छ ।

तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा आएका हुन् ।

Dabur Nepal
NIC Asia

यसअघि शृंखलाको लिग चरणमा यी दुई टिमबीच भएका दुई खेलमध्ये एक खेल नेपालले र अर्को खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको थियो । लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदा दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । फाइनलका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान) ले १२ हजार टिकट खुला गरेको छ ।

यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro