site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले रंगेली नगरपालिका–८ मा दुई राउन्ड गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एकजना भारतीय महिला रहेका छन् । पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय महिलाको परिचय खुल्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्