
काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले लक्षित समूह विद्यार्थी भएकाले विधेयकमा उनीहरूकै हकहितको विषयलाई जोड दिनुपर्ने बताएकी छन् । आइतबार समितिको बैठकमा नेकपा (एमाले)की सांसदसमेत रहेकी भट्टराई विधेयक पारित गर्ने सपना तुषारापात नगर्न पनि आग्रह गरिन् ।
"विधेयक पारित हुने आशामा तुषासापत नगरौँ । हामीले शिक्षामा गर्न खोजेको के हो ? शिक्षा क्षेत्रको बढुवामा हुने अपारदर्शिताको अन्त्य गर्नैपर्छ । प्रभाव र दबाबमात्रै राजनीति होइन । निष्पक्ष र जवाफदेहीता पनि हो, राजनिति । लक्षित समूह भनेको विद्यार्थी हो । उनीहरूको हकहितका लागि काम गरौँ," उनले भनिन् ।
आज बैठकको सुरुमै शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा थप सहमति जुटाउनुपर्ने भएकाले समय दिन समितिसमक्ष माग गरेका थिए । तर, उनको मागप्रति सांसदहरू आक्रोशित बनेका छन् ।