site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूपू गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ : नारायण खड्का

काठमाडौं । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले भूतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र त्यसबाट बेलायती सैनिकसरह नै ब्रिटिस गोरखाले समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानुनबाट अघि बढ्न सकिने बताए । यस विषयमा प्रधानमन्त्री जानुभन्दा पनि प्राविधिक समितिले एजेन्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्नेमा उनले जोड दिए ।

उनले मन्त्री स्वयंले यस विषयमा नेपालका निम्ति बेलायती राजदूतलाई बेलाएर छलफल गर्नुपर्ने बताए । भूतपूर्व गोरखा सैनिकमाथि बेलायत सरकारको काम गम्भीर, अन्याय र विभेदकारी रहेको उनले उल्लेख गरे । भारत, अमेरिकालगायत देशसँगको ‘लबिइङ’ पनि आवश्यक रहेको उनको भनाइ छ ।

“यो एउटा गम्भीर मुद्दा छ, अन्याय र विभेदकारी पनि छ । अन्तर्राष्ट्रिय कानुन पनि यसमा आकर्षित हुन्छ । त्यो अन्तिम कदम हो,” उनले भने, “अहिले नै हामी त्यसमा गइहाल्ने भन्ने छैन । प्रधानमन्त्रीस्तरमा पनि कुरा उठेको छ । तर पनि उनीहरूले हामी हेर्छौँ, अध्ययन गर्दै छौँ भनेका छन् ।”

उनले भूतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताए । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको उनले उल्लेख गरे । —न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro