site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु : प्रधानमन्त्री

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताए । उनले भने, “नेपालको संघीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ । त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरुरी छ ।”

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायत विषयमा महत्तवपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताए । “आगामी दिनमा संघीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको  छ । त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत संघीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे ।

प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथंकदाचित दिइहालेमा पनि ससर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको बताए ।

संघीय कानुन निर्माणमा सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिँदै उनले संघीय शिक्षा ऐनको मस्यौदा संसद्‌मा प्रस्तुत भइसकेको, संघीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायत अरू मस्यौदा पनि छिट्टै संसद्‌मा प्रस्तुत हुने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्र परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गरे । उनले भने, “लुम्बिनी क्रान्ति र शान्तिको सम्मिश्रणको सबैभन्दा राम्रो दृष्टान्त हो ।”

नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले ‘जनयुद्ध’, ऐतिहासिक जनआन्दोलनलगायत राजनीतिक–सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro