site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, भोकमरीको जोखिम बढ्यो

काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या बिहीबारसम्म ३० हजार नाघेको छ । अहिले पनि इजरायलको सैन्य कारबाही गाजामा जारी छ । 

हमासलाई नष्ट गर्ने र बन्दी बनाएका सय भन्दा बढीलाई उद्धार गर्ने लक्ष्य राखिएको छ । खान युनिसको दक्षिणी गाजान सहरमा हवाई हमला, जबकि मध्य र उत्तरी गाजामा सुरुङ शाफ्ट र अन्य पूर्वाधारहरू ध्वस्त पार्न जमिन अपरेसनहरू सुरु गरेको बताइएको छ । 

इजरायलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने चेतावनी दिएको छ । भूमि आक्रमणको योजना यस हप्ताको सुरुमा इजरायली युद्ध क्याविनेटमा प्रस्तुत गरिएको थियो । इजरायली सेनाले बिहीबार उत्तरी गाजामा मानवीय सहायताको लागि पर्खिरहेका मानिसहरूको भीडमा गोली चलाउँदा कम्तीमा १०४ जनाको मृत्यु भएको छ । 

यसैबीच संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार गाजामा भोकमरी आउन सक्ने चेतावनी दिएको छ ।

त्यस्तै, अर्का निवासीले मानवीय सहायता (डेर अल–बालाहमा) शिविरमा मुश्किलले पुग्ने गरेको बताए । धेरै सीमित भएका कारण बालबालिका र महिलाहरूको लागि पर्याप्त नभएको बताए । उनले भने, "न खानेकुरा, न पिउने, न सुरक्षा, न सुरक्षा, न बास । यहाँ केही पनि छैन ।" सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro