site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन् : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

Dabur Nepal
NIC Asia

मन्त्री गुरुङले कसुरजन्य सम्पत्ति कमाएको हकमा अथवा अपराध गरेर सम्पत्ति कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकारले नछोड्ने बताए । अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पत्तिको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको बताए ।

उनले भने, "यहाँ भ्रष्टाचार निवारण आयोगले कसैलाई पनि छोड्दैन । यो राष्ट्र सेवकहरूको सन्दर्भमा यो धारा आएको होइन । यसले कसैलाई पनि उन्मुक्ति दिँदैन । कसुरजन्य सम्पत्ति कमाएको हकमा, अपराध गरेर कमाएको हकमा अथवा भ्रष्टाचार गरेर कमाएको हकमा कुनै पनि चाहेँ त्यो वडाध्यक्ष होस । सांसद किन नहोस् । अथवा मन्त्री किन नहोस् । प्रधानमन्त्री नै किन नहोस् । कसैलाई पनि उन्मुक्ति दिँदैन ।" 

बैठकमा सांसदहरूले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro