site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा पर्यटनको प्रचुर सम्भावना छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको भतरपुर महानरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन कार्यक्रममा सहभागी भएका पूर्वप्रधानमन्त्री ओलीले भरतपुर सुन्दर महानगरपालिका भएको बताए । 

निकुञ्ज, आरक्षण, जंगली जनावर र मानिसहरूको गज्जबको मेल र संघर्ष भएको अनौठो ठाउँको रूपमा चित्रण गरे । ओलीले आफू प्रधानमन्त्री हुँदा नयाँ कामको सुरुवात गरेको स्मरण गरे । “यस ठाउँको प्रगति तीव्र गतिमा हुन सक्दछ,” ओलीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले चितवनलाई शिक्षा, स्वास्थ्यको हब बनाउन सकिने बताए । चितवनमा कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा, पशुपालन मत्स्यपालनमा मार्गदर्शकको रूपमा विकास गर्न सकोस् भन्ने कामना पनि गरे । ओलीले आफूले निम्ता अस्वीकार गर्न नसकेर मात्रै कार्यक्रममा आएको सुनाए । 

“निम्तालाई अस्वीकार गर्न नसकेर, निम्ता मान्न आएको छु,” उनले भने, “यो ठाउँको विकास हुन सकोस् । म र मेरो पार्टीको सहयोगी हुन सधैँ तत्पर छ ।” 

Global Ime bank

व्यक्तिगत रूपमा पर्यटन विकासका लागि केही गर्न आफू पनि तयार रहेको बताए । “भरतपुर महानगरपालिकालगायत चितवन भ्रमणमा आगामी एक वर्षभित्र सपरिवार व्यापक रूपमा भ्रमण गर्ने योजना बनाउने सोच बनाएको छु,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement