site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचपोखरी र ह्योल्मो–११ समूह विजेता 
SkywellSkywell

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । 

मूलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई तीन विकेटले हराउँदै अन्तिम–४ यात्रा तय गरेको हो । खेलमा पहिलो ब्याटिङ गरेको मेलम्चीले १७.१ ओभरमा मात्र ९६ रनमा अलआउट भएको थियो । 

KFC Island Ad
NIC Asia

मेलम्चीका ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाँचपोखरीका विजय धितालले ३.१ ओभरमा नौ रन खर्चेर तीन विकेट लिए । मनोज खड्काले तीन र सार्थक धितालले दुई विकेट लिएका थिए । ९७ रनको लक्ष्यसहित ब्याटिङमा आएको पाँचपोखरीले १९.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

पाँचपोखरीको जितमा लाक्पा लामाले २४, ओपनर सार्थक धितालले २० र विजय धितालले १४ रन जोडे । मेलम्चीका रिन्जिन लमा र रामकृष्ण दुलालले समान दुई विकेट लिए । हारका बावजुद मेलम्ची समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनमला प्रवेश गरेको छ । 

अर्को खेलमा भोटेचौर स्पोर्ट्स क्लबमाथि नौ विकेटको जित निकाल्दै ह्योल्मो–११ समूह विजेता बन्यो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १२० रनको लक्ष्य १७ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । ‘प्लेयर अफ द म्याच’ नाम्गिलले ५६ बलमा आठ चौका र एक छक्कासहित अविजित ६६ रन जोडे । विनोद तामाङले ३८ बलमा सात चौकासहित ४३ रन बनाए । त्यसअघि पहिलो इनिङमा भोटेचौरले नौ विकेट गुमाएर ११९ रन जोडेको थियो । 

भोटेचौरका ओपनर दुर्गेश थापाले ४२ रन जोडेपनि अन्य ब्याटर बाट राम्रो साथ पाएनन् । ह्योल्मोका फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले समान दुई विकेट लिए । ह्योल्मो–११ समूह विजेता बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro