site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, ७० जनाको मृत्यु

गाजा । गाजा सहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।

मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्यपि, सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार इजरायली सेनाले गाजा सहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro