site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पक्राउ परेका मिटरब्याजपीडितलाई रिहा गर्न एमाले सांसदको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिइन् । उनले प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याजपीडितलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् ।

Argakhachi Cement Island Ad

“धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याजपीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए,” उनले भनिन्, “छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन ।”

उनले मिटरब्याजपीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुन सक्नेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्