site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीप पाँचौँ र सोमपाल छैटौँ विकेटको रूपमा आउट

काठमाडौं । त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सन्दीप जोरालाई पाँचौँ र सोमपाल कामीलाई छैटौँ विकेटका रूपमा गुमाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १४.६ ओभरमा जोरालाई र १५.३ ओभरमा सोमपाललाई गुमाएको हो । जोराले नेपाली टिमको खातामा आठ रन थप्दा सोमपाल ‘डक’ भए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १२८ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro