site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फोन पेले ल्यायो ‘सक्षम नारी’ अभियान, हजार रुपैयाँदेखि हिराको सेट पाउन सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क ‘फोन पे’ले महिला वित्तीय समावेशीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न ‘सक्षम नारी’ अभियान ल्याएको छ । अभियानमार्फत ‘फोन पे’ले आर्थिक वृद्धि र समृद्धिमा नारीको निर्णायक भूमिकालाई डिजिटल भुक्तानीका माध्यमबाट सशक्त बनाउन खोजेको बताएको छ ।  

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको अभियान फागुन २८ गतेसम्म चल्ने कम्पनीले जनएको छ । अभियानमा नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ता सहभागी हुन सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सहभागी हुन आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर फोन पे क्यूआर, फोन पे डाइरेक्ट र फोन पे बिल प्रयोग गरी कम्तीमा तीन वटा कारोबार गर्नुपर्ने हुन्छ । अभियानको मापदण्ड पूरा गरेपछि नबिल बैंकका एक महिला प्रयोगकर्ताले बालाजी डायमन्डबाट उत्कृष्ट हिरा सेट पाउने फोन पेले जनाएको छ ।

यस्तै, सानिमा बैंक र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताले एक हजार रुपैयाँको निश्चित टप–अप जित्नेछन् । फोनपेका प्रमुख रणनीतिक अधिकृत सुबोध शर्माले सक्षम नारी अन्य नियमित अभियान भन्दा फरक रहेको बताए । उनले यो अभियान महिलाहरूलाई प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल भएको बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement