site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायल–हमासबीच अर्काे हप्ता युद्धविराम : बाइडेन 
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा आउँदो हप्ता युद्धविराम हुने बताएका छन् । आउँदो सोमबारसम्म इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सम्झौता हुने उनले बताएका हुन् ।

न्युयोर्कको एक आइसक्रिम पसलमा देखिएका बेला सोधिएको प्रश्नको जवाफ दिँदै सोमबार बाइडेनले भने, “मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारले मलाई हामी (सम्झौता) नजिकै छौँ भनेका छन् । अझै सकिएको छैन । तर, मेरो आशा छ कि अर्काे हप्ताको सोमबारसम्म हामी युद्धविराम गर्नेछौँ ।”

गएको शुक्रबार फ्रान्सको पेरिसमा अमेरिका, इजिप्ट र इजरायलका गुप्तचर प्रमुख र कतारका प्रधानमन्त्रीको बैठक बसेको थियो । उक्त बैठकपछि बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्नेजस्ता युद्धविराम सम्झौताको अवरोध हटेको बताए । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu