अर्थ व्यवसाय
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेर १९९२.३० को विन्दुमा पुगेको हो ।
यसदिन ३१४ धितोपत्रको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा किनबेच भएको छ । आज १३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीन वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १५:१७
प्रतिक्रिया दिनुहोस्