राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले झापा, मोरङ र सुनसरीमा बस्ने ताजपुरिया जाति लोप हुने खतरा बढेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले २१ हजार संख्यामा रहेको यो जातिलाई संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले संविधानको धारा ४३ र ५६ को ५ बमोजिम लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्ने धारणा राखे ।
“ताजपुरिया अल्पसंख्यक जनजातिलाई २१ हजार जनसंख्या देखाउँछ । यो जातिलाई विशेष संरक्षण नगर्ने भए लोप हुने खतरा देखिन्छ,” उनले भने, “लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गरी विशेष संरक्षण क्षेत्र घोषणा गरेर सुरक्षा गर्न म सरकारसँग माग गर्दछु ।”
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्