राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सोमबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग सम्बोधन नगरिएको भन्दै नाराबाजी गरिएको हो ।
‘भ्रष्ट’ मन्त्रीलाई कारबाही गर भन्दै उनीहरूले नाराबाजी गरेका थिए । एमाले सांसदको निरन्तरको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ११:४२
प्रतिक्रिया दिनुहोस्